रास्वपा सांसद चन्दा कार्कीले ‘जब पर्‍यो राति तब बुढी ताती’ भनेपछि…

रास्वपा सांसद चन्दा कार्कीले ‘जब पर्‍यो राति तब बुढी ताती’ भनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्‍को रेकर्डबाट हटाइएको छ।

बिहीवार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा उद्योगी व्यवसायी तथा सम्पत्ति शुद्धीकरण विभाग लगायतसँग भएको छलफलका क्रममा सांसद काकीले बोलेको शब्द रेकर्डबाट हटाइएको हो । असंसदीय शब्द बोलेको भन्दै विरोध भएपछि उनले बोलेको शब्द रेकर्डबाट हटाइएको जनाइएको छ ।

सांसद कार्कीले बोल्ने क्रममा ‘जब पर्‍यो राति तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेकी थिइन्। त्यसपछि सांसद ईश्वरी न्यौपानेले यसबारे सभापति रामहरि खतिवडाको ध्यानाकर्षण गराइन ।

कार्कीले बोलेको सो शब्द रेकर्डबाट हटाइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन्।