सेफ्टी ट्यांकरभित्र लुकाएको लागूऔषधसहित १ जना पक्राउ

सेफ्टी ट्यांकरभित्र लुकाएको लागूऔषधसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गोकर्णेश्वर नगरपालिका–५ जम्मुडाँडाबाट नियन्त्रित लागूऔषध विनसिरेक्स ४७५ बोतलसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–३ ठेगाना भएका ३४ वर्षीय नविन मोक्तान रहेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले रोकेर राखेको ना८ख २०२२ नम्बरको सेफ्टी ट्यांकरलाई जाँच गर्ने क्रममा सिटमुनि लागूऔषध फेला पारी मोक्तानलाई पक्राउ गरिएको छ ।

लागूऔषध ओसारपसारमा प्रयोग गरिएको ट्यांकर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीउपर लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।