धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. निरज अर्याललाई हटाउने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका सचिव शिवराम पोखरेलले मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै सेती प्रादेशिक अस्पतालमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
उनी अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत थिए । सामाजिक विकास मन्त्रालयले उनलाई २०७९ फागुन ३० गते प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो ।




प्रतिक्रिया