सरकारी जग्गा फिर्ता गर्ने निर्णयको फाइल झिकाउन सर्वाेच्च अदालतको आदेश

सरकारी जग्गा फिर्ता गर्ने निर्णयको फाइल झिकाउन सर्वाेच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले आज शुक्रबार निर्णयको फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

‘पेशीको दिन सक्कल फाइल देखाउने गरी झिकाउन आदेश भएको छ,’ उनले भने ।

मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । मालपोतले २१ दिनभित्र प्रतिनिधि कार्यालयमा हाजिर हुनू र नआएमा कानून बमोजिम हुने भन्दै पत्र काटेको थियो ।

टोखा नगरपालिका–६ का वडाध्यक्षको रोहबरमा चाँदबागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरको नाममा पत्र काटिएपछि सञ्जयले रिट दायर गरेका थिए । अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।