लुम्बिनी प्रदेशसभा बैठक ५ मिनेटमै स्थगित

लुम्बिनी प्रदेशसभा बैठक ५ मिनेटमै स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ – लुम्बिनी प्रदेश सभाको आज शुक्रबार बसेको बैठक ५ मिनेटमै स्थगित भएको छ ।

हिउँदे अधिवेशनको पहिलो बैठकमा संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि बैठक स्थगित भएको हो ।

शुक्रबारको बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र र मन्त्रिपरिषद्मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्र पढेर सुनाएका छन् ।

आज शुक्रबारको बैठक ५ महिनापछि बसेको थियो । कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोटो भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

अब अर्काे बैठक भोलि शनिबार दिउँसो २ बजे बस्नेछ । भोलिको बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।