काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ देवनवक्सपुरबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम १३ मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–५ मझगाँवा बस्ने १९ वर्षीय सतिस कुमार ठाकुर र मायादेवी गाउँपालिका–३ कमरिया बस्ने २३ वर्षीय माहाविर यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले लु१३प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, क्रेज्याक ७५ एम्पुल, एबोट ७५ एम्पुल र बुप्रेमोर्फिन ५० एम्पुलसहित स्याङ्जाको फेदीखोला गाउँपालिका–४ आरूखर्क बस्ने ३२ वर्षीय प्रदिप घाम्बोलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा२ख १४१० नम्बरको हाईसलाई जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया