एमसीसीका उपाध्यक्ष ब्रुक्स नेपालमा, एमसीसीको प्रगति विवरण बुझ्ने

एमसीसीका उपाध्यक्ष ब्रुक्स नेपालमा, एमसीसीको प्रगति विवरण बुझ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का भाइस प्रेसिडेन्ट जोनाथन अल्बर्ट ब्रुक्स नेपाल आएका छन् ।

जोनाथन ब्रुक्स ब्रुक्स नेपालमा कार्यान्वयनमा रहेको एमसीसी परियोजनाको प्रगति विवरणबारे जानकारी लिन शुक्रबार राति साढे ११ बजे काठमाण्डु आइपुगेका हुन् ।

उनले एमसीसी परियोजनाको काममा भइरहेको ढिलाइबारे एमसिए नेपालसँग छलफल गर्ने जनाइएको छ । त्यस्तै उनले सरकारी अधिकारीहरुसँग भेटघाट कार्यक्रम छ ।

वर्षौँको गतिरोधपछि सन् २०२२ को फेब्रुअरीमा नेपालको संसद्ले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेपछि नेपालले पाएको हालसम्मकै ठूलो वैदेशिक सहयोगको कार्यान्वयनको बाटो खुलेको थियो।

उक्त परियोजनाको कार्यान्वयनका लागि अमेरिकी सरकारको ५० करोड डलर अर्थात् ६६ अर्ब ४३ करोड रुपैयाँ अनुदान दिएको छ भने नेपाल सरकारले १९.७ करोड डलर अर्थात् २६ अर्ब १७ करोड रुपैयाँ थप गरेको छ।