पूर्वी नेपालमा ५.४ म्याग्निच्युडको भूकम्प

पूर्वी नेपालमा ५.४ म्याग्निच्युडको भूकम्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वी नेपालको ताप्लेजुङ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ।

बिहान ७ बजेर १७ मिनेटमा ५.४ म्याग्निच्युडको भूकम्प गएको एन्ड्रोइड अर्थक्वेक अलर्ट प्रणालीले जनाएको छ ।

भूकम्पको केन्द्र ताप्लेजुङको लेलेपबाट करिब ९ किलोमिटर दूरीमा रहेको अनुमान गरिएको छ ।

भूकम्पको धक्का नेपालसहित भारत, भुटान, बंगलादेश र चीनका केही क्षेत्रमा महसुस भएको हुन सक्ने प्रारम्भिक विवरणमा उल्लेख छ ।

यद्यपि, भूकम्पको परिमाण र केन्द्रबिन्दुबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट आधिकारिक पुष्टि हुन बाँकी छ ।