करीब ६५ किलो गाँजासहित अटो चालक पक्राउ

करीब ६५ किलो गाँजासहित अटो चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करीब ६५ किलोसहित स्थानीय ३२ वर्षीय राजुप्रसाद चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले ज१स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाइछिपाई राखेको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको हो ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।