काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच झन्डै एक घण्टा भेटवार्ता भएको हो।
संक्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्बाट पारित गर्नेबारे उनीहरुबीच छलफल भएको छ । त्यस्तै सत्ता गठबन्धनमा खटपट भइरहेका बेला ओली र प्रचण्डबीच भेटवार्ता हुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि नै एमालेसंग गठबन्धन गर्न सक्ने सम्भावना छ । त्यसका लागि सोमबार उनले निर्णायक वार्ता गर्नेछन् ।
सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठकबाट ‘माओवादी जनयुद्ध’ आवश्यक नभएको उपसभापति पूर्णबहादुर खड्का नीतिगत प्रतिवेदन पारित भएपछि प्रचण्ड कांग्रेसप्रति रुष्ट छन् । उनले नेकपा एमालेसँग सहकार्यका लागि छलफल गरिरहेका छन् । पछिल्लो समय प्रचण्डले एमाले अध्यक्ष ओलीसँग पटक- पटक छलफल गरिरहेका छन् ।




प्रतिक्रिया