सभापति देउवासँग पनि प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

सभापति देउवासँग पनि प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवर्ता गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै प्रधानमन्त्री पचण्डले सभापति देउवासँग भेटवर्ता गरेका हुन् ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज देउवा र ओलीसँग बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् । बालुवाटारको भेटवार्तामा देउवासँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए ।

बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले देउवा र ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ ।