काठमाण्डु – सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक स्थगित गरेका हुन् ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो ।
वर्तमान गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दलहरूको बैठक बोलाएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार माओवादी-एमालेसहित रास्वपा र जसपालगायत दलहरूको बैठक केही बेरपछि बाललुवाटारमा बस्नेछ ।




प्रतिक्रिया