लेवननमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली, ईन्द्रध्वज गणबाट २१५ जना प्रस्थान

लेवननमा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली, ईन्द्रध्वज गणबाट २१५ जना प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्र अन्तरिम बल (यूएनआईएफआईएल) लेवननमा तैनाथ रहनका लागि ईन्द्रध्वज गण (शान्ति सेना) ६५औं डफ्फाका २१५ जना नेपाली शान्ति सैनिकहरू सेनानी लक्ष्मण खड्काको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत सोमबार काठमाण्डुबाट मिसन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेको पुरानो गोरख गणको २१४ जना नेपाली शान्ति सैनिकहरू सम्मिलित अन्तिम टोली गणपति, प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको नेतृत्वमा आज सोमबारै स्वदेश फर्किएका छन् ।

हाल मिसनमा नेपाली सेनाका ८७३ जना शान्ति सैनिकहरू कार्यरत छन् ।