काठमाण्डु – नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरूलाई तत्काल मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाएपछि अन्योलमा रहेको एकीकृत समाजवादीले नयाँ मन्त्रीहरूको शपथअघि नै मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ ।
सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले पार्टीका मन्त्रीहरूलाई तत्कालै फिर्ता हुन निर्देशन दिइएको जानकारी दिए ।
पुरानो गठबन्धनअनुसार प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सहभागी थिए भने नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री थिइन् । एकीकृत समाजवादीले तत्कालै नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया