काठमाण्डु – मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा मन्त्रालय बाँडफाँट टुंगो लगाउने बारेमा निर्णय गर्ने बताइएको छ ।
मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिएका छन् ।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसकेका छन् ।




प्रतिक्रिया