काठमाण्डु- गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । पाण्डे नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन् ।




प्रतिक्रिया