एमाले–माओवादी मिलेपछि नयाँ गठबन्धनको पक्षमा उभिए वामदेव गौतम

एमाले–माओवादी मिलेपछि नयाँ गठबन्धनको पक्षमा उभिए वामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने भएका छन् ।

आज मंगलबार विज्ञप्ति जारी गर्दै उनले अहिलेको नयाँ गठबन्धनले सही राजनीतिक दिशा लिएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) को नयाँ सत्ता समीकरण बनेपछि सोमबार सरकार पुनर्गठन भएको छ ।

सांसद गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको दाबी गरेका छन् ।

अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुशी भएर सामेल हुने अपेक्षा गरिएको उनको विज्ञप्तिमा उल्लेख छ ।

एमालेका पूर्व उपाध्यक्ष गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही वाम एकताको गतिविधिमा सहभागी छन् ।