सभापति देउवा माधव नेपाललाई भेट्न जादैँ, नयाँ गठबन्धन बनाउन प्रस्ताव गर्ने

सभापति देउवा माधव नेपाललाई भेट्न जादैँ, नयाँ गठबन्धन बनाउन प्रस्ताव गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जादैँछन् । नेकपा एसको ११ बजे बस्ने सचिवालय बैठक बस्नुअघि सभापति देउवा कोटेश्वरस्थित माधव नेपाल निवास जान लागेका हुन् ।

नेकपा एसले नयाँ सरकारमा सहभागी हुने विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सामेल हुन औपचारिक प्रस्ताव गरेपछि माधव नेपालले बुधवार बस्ने बैठकले निर्णय गर्ने बताएका थिए ।

देउवा माधव नेपाललाई सरकारमा सहभागि हुनबाट रोक्नको लागि नेकपा एसको बैठक बस्नुअघि उनलाई भेट्न लागेका हुन् । प्रचण्डले धोका दिएकाले नयाँ गठबन्धन बनाउनका लागि देउवाले नेपाललाई प्रस्ताव गर्नसक्ने स्रोतले बताएको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समिकरण बनाउदासम्म आफूसँग एक पटक पनि छलफल नगरेको भन्दै  नेपाल प्रचण्डसँग रुष्ट बनेका छन् ।