माओवादीले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

माओवादीले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले मुख्यमन्त्री पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मंगलवार गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।