नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा नजाने, सुदूरपश्चिमको मुख्यमन्त्री माग्दै

नागरिक उन्मुक्ति पार्टी नयाँ सरकारमा नजाने, सुदूरपश्चिमको मुख्यमन्त्री माग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ सत्ता गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ ।

आज बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नाउपा अध्यक्ष रेशम चौधरीले सत्ता गठबन्धनमा सहभागी नहुने जानकारी दिए ।

नाउपाको सांसद संख्या थोरै भएको बताउँदै उनले अहिले नै सरकारमा सहभागी नहुने बताए । ‘अबको सत्ता गठबन्धन सरकारमा हामीले धेरै विचार विमर्श गरी विवेक पुर्‍याएर मात्रै सहभागी हुनुपर्छ । हामीभन्दा ठूला दलहरूलाई नियाल्यौं । एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी, नेपाली कांग्रेस सबै पार्टीको अवस्था हेर्‍यौं,’ उनले भने, ‘यसो हेर्दा हामीलाई लाग्यो – हामी त सानो पार्टी, संघमा ४ जना, प्रदेशमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेश गरेर जम्मा १२ जना सांसद छन्, त्यसकारण हामी पर्खिन्छौं ।’

यसअघिको सरकारमा नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएकी थिइन् ।

नाउपाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भने आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीको हक लाग्ने अध्यक्ष चौधरीले बताएका छन् ।