घुस लिएको अभियोगमा सशस्त्र प्रहरीका हवल्दार पक्राउ

घुस लिएको अभियोगमा सशस्त्र प्रहरीका हवल्दार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल धनुषाका प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अभियोगमा मंगष्लबार पक्राउ गरेको छ ।

नेपाल भारत सीमा बजारबाट सामान ल्याउन सहज गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको आरोप गिरीमाथि लागेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार जनकपुर उपमहानगरपालिका–४ कदमचोकबाट उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।