काठमाण्डु- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ताबाट बाहिरिए पछि नेपाली कांग्रेस छटपटी रहेको बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले
सत्ताबाट मुक्त भएको छटपटीले कहीँ पनि नपुर्याउने भएकाले धैर्यता राख्न कांग्रेसलाई आग्रह गरेका हुन् । गठबन्धन कांग्रेससँग मात्रै गर्न पाइन्छ भनेर संविधानमा नलेखिएको उनको भनाइ छ ।
‘सत्ताबाट मुक्त भएको छटपटीले कहीँ पनि पुर्याउदैँन । कांग्रेसका साथीहरु कति छटपटिमा छन् भन्ने सबैलाइ थाहा छ । त्यसकारण छटपटीले कहीँ पनि पुर्याउदैँन धैर्यता राख्न कांग्रेसलाई आग्रह गर्छु । अर्को कुरा गठबन्धन कांग्रेससँग मात्रै गर्न पाइन्छ भनेर संविधानमा लेखेको छैन ।’, उनले भने ।
उनले ०८४ को निर्वाचनमामा कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने भाष्यलाई गलत सावित हुने बताए । ‘कुनै पनि दलले बहुमत ल्याउन सक्दैनन् भन्ने छैन। सक्छन् ०८४ को निर्वाचनमा हेर्दै गर्नुहोला। यस्तै परिदृश्य दोहोरिँदैन। अहिले कुनै दलले बहुमत प्राप्त गर्न सकेन। त्यस्तो अवस्थामा संविधानले नै व्यवस्था गरेको छ। दलहरूबीच सहकार्य हुन्छ सरकार निर्माण गर्छन्। दलहरू मिलेर सरकार बनाउन सक्छन् भनेपछि सरकार सञ्चालन गर्न सक्छन् कि सक्दैनन् ?’, उनले भने ।




प्रतिक्रिया