काठमाण्डु – यूके पठाइदिने प्रलोभनमा पारेर २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङको उर्लाबारी नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि यूके पठाएर मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डु पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया