काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।
पर्सि सोमबार दिउँसो साढे १२ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीबारे छलफल हुनेछ ।
बैठकका लागि धेरै कार्यसूची नरहेको बताउँदै उनले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता र उपनिर्वाचनको तयारीका लागि छलफल हुने जानकारी दिए ।
आगामी वैशाख १५ गते ईलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।
प्रतिनिधिसभा उपनिर्वाचनका लागि रास्वपाले चुनावी कमान्डरका रूपमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरेको छ ।




प्रतिक्रिया