गुल्मी – नेकपा माओवादी केन्द्रका २ गाउँपालिका समितिका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन् ।
केन्द्रमा सत्ता समीकरण गरी एउटै मोर्चा बनाएका बेला गुल्मीका २ गाउँ समितिका अध्यक्षले एमाले प्रवेश गरेका हुन् ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी मुसिकोट नगर समिति अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ समिति अध्यक्ष नवीन केसीलाई पार्टीमा स्वागत गरेका छन् । खरेल र केसी लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा एमाले प्रवेश गरेका छन् ।
कार्यक्रममा पूर्व गृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इन्चार्ज सूर्य थापा लगायत उपस्थित थिए ।
नवप्रवेशीद्वयले कम्युनिष्ट शक्ति एक हुनुपर्ने आवश्यकता औल्याउँदै माओवादीलाई दबाब दिन एमालेमा प्रवेश गरेको जनाएका छन् ।




प्रतिक्रिया