तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाहीलाई अवैध भरूवा बन्दुक १ थानसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाइछिपाई राखेको बन्दुक फेला पारी पक्राउ गरेको छ ।
बन्दुक सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया