जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले छुट्टाछुट्टै स्थानमा जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

ओखलढुंगामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई सोही ठाउँस्थित कार्तिके जंगलमा बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

तनहुँमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–११ चिसापानी नवआदर्स टोल बस्ने ५७ वर्षीय प्रेमबहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सार्कीले ती बालिकालाई ललाइफकाई डरत्रास समेत देखाई जंगलको झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।