प्रधानमन्त्रीले पर्सी विश्वासको मत लिने, कांग्रेसद्धारा विपक्षमा मतदान गर्न ह्वीप जारी

प्रधानमन्त्रीले पर्सी विश्वासको मत लिने, कांग्रेसद्धारा विपक्षमा मतदान गर्न ह्वीप जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

सोमवार नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टी सांसदहरुलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ३० गते विश्वासको मत लिने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । त्यसकारण प्रधानमनत्री प्रचण्डले फेरी संसदमा विश्वासको मत लिनु परेको हो ।