काठमाण्डु- राष्ट्रियसभा अध्यक्षमा उम्मेवारी दिएका माओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले गरेको योगदानको कारण पद पाउने गरेको बताएका छन् ।
सोमबार बिहान सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गरेपछि दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएका कारण अवसर नपाएको बताएका हुन् । पार्टीमा आफूले कुनै जिम्मेवारी पाउनेबित्तिकै प्रचण्डको भाइ भनेर आचोचना हुने गरेको उनको भनाइ छ ।
यस्ता आरोप सुन्दा र आफ्नो कान पाकेको दाहालले गुनासो गरे । ‘म ०३६ सालदेखि नै यो पार्टीको राजनीतिमा छु। दाजुभाइको नाताको चर्चा गर्नेले जनयुद्धमा दाइ हिँडेका छन्, तँ हिँड्न पाउँदैनस् भन्ने कुरा किन नगरेका,’ उनले प्रश्न गर्दै भने, ‘यो परिवारवाद होइन। यस्ता प्रश्नको उत्तर दिँदादिँदा मेरो कान पाक्यो, मुख थाक्यो। मैले पार्टीमा कुनै जिम्मेवारी पाउँदा यस्तो आरोप लाग्ने गरेको छ। प्रदेश सहइन्चार्ज बन्दा पनि यस्तै भनेका हुन्। ०३६ सालदेखि म यो पार्टीमा छु। म पार्टीमा खटिएको कुरा थाहा नपाउनेहरूले नै मलाई प्रश्न गरिरहेका छन्।’




प्रतिक्रिया