प्रचण्डले आधारहीन आरोप लगाएर तोडेः प्रकाशशरण महत

प्रचण्डले आधारहीन आरोप लगाएर तोडेः प्रकाशशरण महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कपोकल्पित र आधारहीन आरोप लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको बताएका हुन् । उनले यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन बदल्ने निर्णय बेइमानी र विश्वासघात भएको निष्कर्ष निकालिसकेको जानकारी दिए ।

“उहाँले सदनमा बोल्दा हाम्रो पार्टीको महासमिति बैठकमा प्रस्तुत भएको धारणा र उल्लेख भएको विषय, कोसीका कुरा आदि इत्यादि उल्लेख गर्नुभयो । म एभरेज उपलब्धिमा सन्तुष्ट छैन, माथि उपलब्धि हासिल गर्न चाहन्थेँ भन्नुभएको छ, यसमा पनि आधार छैन । बहानाबाजी थियो,” उनले भने ।