काठमाण्डु – दाइजोमा सुनको सिक्री नदिएको भन्दै जन्ती फर्काउन खोजेका बेहुलासहित ८ जना पर्सामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ निवासी बेहुला उमेश साह छन् ।
विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुला साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत रहेका बेहुला साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार, १ थान ल्यापटप, १ थान सुनको अंगुठी र सुनको हनुमानी माला लिएका थिए तर सोमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्जको रानीघाट गएका उनले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेपछि प्रहरीमा खबर पुगेको थियो ।
प्रहरीले बेहुलासहित ८ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।




प्रतिक्रिया