काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाली कांग्रेसलाई धोका नदिएको जिकिर गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले कांग्रेसलाई धेरै गुन लगाएको हुनाले धोका दिएको भन्न नमिल्ने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत पुस १० गते धोका दिएको बताए । ओलीले प्रधानमन्त्री बनाएकोमा आफू खुरुक्क कांग्रेससँग गएकाले त्यसलाई धोका भन्न सकिने उनको भनाइ छ ।
‘आफ्नो पहलमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको उनले स्मरण गराए । धोका भनेको के हो ? यसलाई धोका भनिन्छ ? मैले कांग्रेसलाई धेरै गुन लगाएको छ । के को धोका दिए ? कांग्रेसका साथिहरुले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएको भुल्नु भयो ? बरु केपी ओलीलाई धोका दिएको थिए । उहाँले मलाई प्रधानमन्त्री बनाउनु भयो, तर म खुरुक्क कांग्रेससँग मिलेको थिए ।’, उनले भने ।




प्रतिक्रिया