काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताएका हुन्। “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन”, उनले भने “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”
अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उनले बताए। एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उनको भनाइ छ । देशको आवश्यकतानुसार यो मोर्चा बनेकोसमेत उनले दावी गरे । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।




प्रतिक्रिया