नैतिकतामा प्रश्न उठाउँदै कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

नैतिकतामा प्रश्न उठाउँदै कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिन आग्रह गरेका छन्।

प्रतिनिधिसभामा शुक्रबार आकस्मिक समयमा बोल्दै पौडेलले लामिछानेमाथि सहकारी प्रकरण जोडिएको भन्दै राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरेका हुन्।

‘मेरा मित्र रवि लामिछाने स्वंय सहकारी प्रकरणमा जोडिनुभएको छ। उहाँ आफैँ गृहमन्त्री भएपछि अनुसन्धान कसरी हुन्छ? त्यसै लामिछानेले राजीनामा दिएर नैतिकता देखाउनुस’, उनले भने।