यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका ४ निर्णय

यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका ४ निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीप्रसाद आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको प्रतिवेदन आवश्यक अध्ययनपछि कार्यान्वयनमा लैजाने निर्णय भएको बताइन्। त्यस्तै उनले सुन प्रकरणमा दोषी देखिका जुनसुकै ब्यक्तिलाई कारबाही गरिने निर्णय गरिएको बताएकी छन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिने निर्णय गरेको छ ।