रविलाई बदनाम गरेर सरकार ढाल्ने चलखेलमा कांग्रेस लागेको छः एमाले

रविलाई बदनाम गरेर सरकार ढाल्ने चलखेलमा कांग्रेस लागेको छः एमाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले कांग्रेस सरकार ढाल्ने चलखेलमा लागिरहेको बताएको छ ।

आइतवार बसेको संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस सरकार ढाल्ने खेलमा लागिरहेको बताएका हुन् ।

काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको उनको भनाइ छ ।

‘रवि लामिछाने गृहमन्त्रीको बारेमा उहाँ दोषी हो र राज्यबाट प्रमाणित हुनुभयो भने उहाँ स्वयंले भनिरहनुभएको छ की छानबिन सबै तहबाट होस् । यसलाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्व कर्तालाई गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्क गणितका आधारमा जसरी प्रस्तुति देखाइएको छ । रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिना भित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ ।’, बर्तौलाले भने ।