भारत भाग्न लागेका महरा पक्राउपछि अस्पताल भर्ना

भारत भाग्न लागेका महरा पक्राउपछि अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

जिल्ला अदालत काठमाण्डुले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै उनलाई नर्भिकमा भर्ना गरिएको हो ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै काठमाण्डु जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला अदालत काठमाण्डुले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।

सुन तस्करी प्रकरणमा मुछिएका महरा कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । लिगढवा नाका हुँदै भारत भाग्न लागेका महरालाई नेपाल- भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको सिफारिस लगत्तै गृहमन्त्री रवि लामिछानेले महरालाई कारबाही गर्न सीआईबीलाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशन अनुसार सीआईबीले पक्राउ गर्ने थाहा पाएपछि महराले चलखेल सुरू गरेका थिए। महराले काठमाण्डु छोडेको खबर प्रहरीले पाएपछि सबै सीमा नाकामा कडाइ गरेको थियो। देशभरका सीना नाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको थियो। जसअनुसार भारत भाग्न लागेका महरालाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो ।