काठमाण्डु- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले उपाध्यक्ष कृष्णबहादुर महरासँग भेटेर छलफल गर्ने निर्णय गरेको छ ।
मंगलबार बिहान बालुवाटारमा बसेको बैठकमा सुन प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने निर्णय गरेको हो ।
बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए। जसअनुसार आज दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुराकानी गर्ने छन् ।
महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।




प्रतिक्रिया