सीआईबीले लियो कृष्णबहादुर महराको बयान

सीआईबीले लियो कृष्णबहादुर महराको बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको हाे ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए । बयान सकेर महरा फेरी अस्पताल फर्किएको स्रोतले जनाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई अस्पताल भर्ना गरिएको छ । महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई अस्पताल भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । तर, महरा अस्वस्थ भएकाले अस्पतालमा नै राखिएको छ।