काठमाडौं आइपुगे भाकपा नेता सीताराम यचुरी

काठमाडौं आइपुगे भाकपा नेता सीताराम यचुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी बिहिबार काठमाडौं आइपुगेका छन् ।

यचुरीलाई नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विष्णु रिजालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । यचुरीका साथमा भाकपाका केन्द्रीय कमिटी सदस्य जोगेन्द्र शर्मा पनि आएका छन् ।

महासचिव यचुरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायतसँग भेटवार्ता तथा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।