काठमाण्डु– सामसङ नेपाल र एनसेलले नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) तथा डिजिटल कनेक्टिभिटीको सुविधा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य विस्तार गरेका छन्।
सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्सचेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउनेछन्।
यस अभियानमार्फत पुरानो २ जी प्रविधिबाट ४जी मा स्तरोन्नति गर्न ग्राहकलाई प्रोत्साहित गरिनेछ। ग्राहकले जुनसुकै २ जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्म एक्सचेन्ज सुविधा पाउनेछन्। साथै, न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी (ईएमआई) सुविधासमेत उपलब्ध हुनेछ।
सामसङ र एनसेलले एआई प्रविधिलाई पनि सर्वसाधारणको पहुँचमा पुर्याउने लक्ष्य राखेका छन्। ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधामार्फत ग्राहकले किफायती मूल्यमा आधुनिक प्रविधिको अनुभव लिन सक्ने कम्पनीको भनाइ छ।
सहकार्यअन्तर्गत छनोट गरिएका ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले मोडेल र योग्यताअनुसार १२ महिनासम्म एनसेलका निश्चित मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।
त्यस्तै, सामसङले हुलास फिन सर्भरसँगको सहकार्यमा फ्ल्यागशिप स्मार्टफोन खरिदका लागि ३६ महिनासम्मको किस्ताबन्दी सुविधा ल्याएको छ। यस योजनाअन्तर्गत मासिक पाँच हजार १०६ रुपैयाँदेखि किस्ता तिर्न सकिनेछ। छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोन खरिदमा १० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस तथा योग्य ग्यालेक्सी Z र S सिरिजका ग्राहकलाई एक वर्षको अतिरिक्त वारेन्टीसमेत उपलब्ध हुनेछ। अन्य छनोट गरिएका स्मार्टफोनमा २४ महिनासम्मको ईएमआई सुविधा पनि रहनेछ।
यसैबीच, नयाँ योजनाअन्तर्गतको प्रि-अर्डर नोभेम्बर २० देखि २३ सम्म खुला रहनेछ। क्यूआर कोडमार्फत प्रि-अर्डर गर्ने ग्राहकले चार हजार ९९९ रुपैयाँ मूल्यको Buds Core मा ६२ प्रतिशत छुट पाउनेछन्।



प्रतिक्रिया