रामथलीबाट करीब १० किलो गाँजा बरामद

रामथलीबाट करीब १० किलो गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – जिल्लाको निजगढ नगरपालिका–१२ रामथलीबाट अवैध लागूऔषध गाँजा करीब १० किलो शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले कच्ची घरमा गाँजा च्याप्ने हाइड्रोलिक मशिन र काठको प्रयोग गरी गाँजा च्यापेर राखेको अवस्थामा गाँजा फेला पारी बरामद गरेको छ ।

बरामद गाँजा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।