नेपाली राजनीतिमा छट्टुहरू आएर लटरपटर गर्न थालेः गगन थापा

नेपाली राजनीतिमा छट्टुहरू आएर लटरपटर गर्न थालेः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा छट्टुहरू आएर लटरपटर गर्न थालेको बताएका छन् ।

मंगलवार काठमाण्डुमा आयोजित कार्यक्रमा बोल्दै राजनीतिमा विस्तारै छट्टुहरू हाबी हुन थालेको बताएका हुन् । पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताए ।

‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ । राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन।’, उनले भने ।

कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने थापाको भनाइ छ। ‘बाहिरको समाजको गति कति अघि बढेको छ। आफ्नै जीवनकालमा केही कुरा बदलाव आओस् भन्ने चाहेको छ। चाँडोभन्दा चाँडो परिवर्तन आओस् भन्ने खासगरी नौजवानभित्र छ । चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले त्यसको दुरूपयोग गर्ने भए।’, उनले भने ।