सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले सोमबार आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय  सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन् ।

भोजनलिपिका सर्जक अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमश: १५ हजार, १० हजार र ५ हजार पुरस्कार प्रदान गरियो ।

नेपालको पहिलो ‘एक्ज्युक्युिटभ सेफ’ गोविन्द नरसिंह केसी निर्णायक संयोजक र खाद्य विश्लेषक शारदा ज्ञवाली सदस्य रहेको यस वर्षको प्रतियोगितामा १४ सहभागी थिए । अभियानका संयोजक देवीप्रसाद सापकोटाले सेलरोटीलाई प्रतियोगिताका रूपमा सञ्चालन गरिएको यस वर्ष पनि यस्तै अभियान सञ्चालन गरिएको र यसलाई देशव्यापी रूपमा विस्तार गर्ने योजना रहेको बताए ।