मलेसियाले सेक्यूरिटी गार्डबाहेक अन्य कामका लागि विदेशी कामदारलाई नलैजाने
काठमाण्डु- मलेसियाले अब विदेशी कामदारलाई सेक्यूरिटी गार्डबाहेक अन्य कामका लागि भिसा जारी नगर्ने भएको छ ।
मार्च ३१ बाट मलेसियाको अध्यागमन विभागले विदेशी कामदारहरुलाई कलिङ भिसा जारी नगर्ने भएको हो । उक्त सूचना आएको भन्दै नेपाली राजदूतावासले रक्षा क्षेत्र (सेक्यूरिटी गार्ड) बाहेकका कामदारको भिसा प्रक्रियाका लागि फाइल लिन नसकिने जानकारी दिएको छ ।
यससँगै मलेसियाले अर्को सूचना जारी नगरेसम्म राजदूतावासले रक्षा क्षेत्र (सेक्यूरिटी गार्ड) बाहेक अन्य कामका लागि भिसा प्रक्रियाका लागि फाइल लिने छैन ।