दुई संसदीय समितिको बैठक बस्दै
काठमाण्डु – संघीय संसद अन्तरर्गत आज दुई समितिको बैठक बस्दैँछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने भएकाे हाे । बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना तथा विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।