रास्वपाबाट चुनाव लडेका रमेश खरेलले बुझाए राजीनामा

रास्वपाबाट चुनाव लडेका रमेश खरेलले बुझाए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – घण्टी चिह्नबाट चुनाव लडेका रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् ।

सभापति रवि लामिछानेको आलोचना गरेको आरोपमा पार्टीले स्पष्टीकरण सोधेपछि उनले बुधबार राजीनामा बुझाएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा काठमाण्डु–१ मा चुनाव लडेका उनी गत वैशाख १० गते भएको उपचुनावमा पनि बारा–२ बाट उम्मेदवार बनेका थिए तर उनले जित्न सकेनन् ।

गृहमन्त्री लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि खरेलले दिएको अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको थियो ।