जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिकाबाट ८ जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–६ मट्यारी बस्ने २७ वर्षीय ओमप्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३० हजार ५७५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।