उपचुनावमा माओवादीले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

उपचुनावमा माओवादीले एमालेलाई समर्थन गर्छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपचुनावमा नेकपा माओवादी केन्द्रले एमालेलाई समर्थन गर्ने दाबी गरेका छन् ।

एमाले बझाङ–काठमाण्डु सम्पर्क मञ्चले शनिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसाबले पनि अन्तिम समयमा उपचुनावमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरे ।

एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भए पनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने उनले तर्क गरे ।

एमाले अन्दाजका भरमा हिँड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाब राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने उनले बताए ।

उपचुनावमा २०० युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठीक हुन नदिने गरी बस्न उनले निर्देशन दिए ।

अध्यक्ष ओलीले विगतमा विभिन्न कारणले एमालेविरुद्ध खतरनाक गठबन्धनको सामना गर्नु परे पनि यसपटक सुखद परिणामतर्फ रूपान्तरित चाहेको बताए ।