केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : डा. कोइराला

केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्छ : डा. कोइराला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै कांग्रेसको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बन्ने ठोकुवा गरेका छन् ।

शनिबार काठमाण्डुमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको कार्यक्रममा नेता कोइरालाले केही दिनभित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरे ।

अहिले केन्द्रमा नयाँ सत्ता समीकरण बनेको र प्रदेशमा पनि बन्दै जाने बताउँदै उनले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने दाबी गरे । कांग्रेस विपक्ष भएको नाताले सत्तामा जाने कोसिस गरिराख्ने र केही महिनाभित्रै सफल हुने उनले बताए ।

गठबन्धन बन्ने र भत्किने शृंखलाले विकासको गति ठप्प हुने भन्दै उनले स्थिर सरकारका लागि निर्वाचन प्रणाली नै सुधार गर्नुपर्ने बताए ।